तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै भुवा नाँच

कञ्चनपुर । प्रत्येक वर्षको पुस कृष्ण औंसीका दिनदेखि पुस शुक्ल पूर्णीमासम्म सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम लगायतका जिल्लामा धुवधामसँग भुवा पर्व मनाईन्छ ।
यस क्षेत्रमा पुवा पर्वलाई दशैंपछिकै दोस्रो ठूलो मौलिक चाँडका रुपमा मनाइने गरिन्छ । यो बर्षको भुवा पर्व बिहिबारदेखि सुरु भएको छ ।

पर्वको अवसरमा विभिन्न ठाउँहरुमा ढाल, तलवार सहित नाचिने भुवा नाँच अहिले भने बिरलै देखिन्छ ।

बाजाको तालमा ढाल, तलवार र खुकुरी सहित पुरुषहरुले युद्धकला प्रर्दशन गर्ने परम्परा रहेको भएपनि बेरोजगारीका कारण पुरुषहरु भारत लगायत तेस्रो मुलुक गएर मजदुरी गर्नुपर्ने भएकोले ती गाउँहरुमा भुवा नाच्ने पुरुषहरु पाउन छोडेका छन् । जसका कारण भुवा पर्वको महत्व बिस्तारै हराउन थालेको भन्दै स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

विशेषगरी भुवा नाँचमा युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्काे समूहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन् ।
कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाँउमा घुमेको, त्यहाँ विकास निमार्णका काम गर्नका लागी स्थानियको सहभागीता जुटाएको र विभिन्न गाँउमा भूवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथाहरु पनि यस नाँचमा प्रस्तुत गर्ने गरिन्छ ।

 

भुवा नाँचमा विगतका वर्षहरुमा पुरुषको मात्रै सहभागिता हुने गरे भएपनि पछिल्लो समयमा भने महिलाहरुले समेत सहभागिता जनाउन थालेका छन् । पुरानो रुढीवादी परम्पराको अन्त्य गर्दै पछिल्लो पुस्ताका महिलाले भुवा नाँच खेल्न थालेका हुन् । आफ्नो पालामा लुकीलुकी भुवा पर्व हेरे पनि अहिले भने आम्नेसाम्ने भएर भुवा नाँच हेर्न पाउँदा निक्कै खुसी लागेको उनीहरु बताउँछन् ।

भुँवा पर्वको अवसरमा बिहिबार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले भुँवा पर्वको अवसरमा बिहिबार सार्वजनिक विदा दिएको छ । चालू आर्थिक वर्ष २०७६।०७७ को साउन ८ गतेका दिन बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा पुस १० गतेका दिन सुदूरपश्चिमको महत्वपूर्ण भुँवा पर्वका अवसरमा प्रदेश भरीका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button