तपाईँ सुन्दै हुनुहुन्छः

बाघ मृत फेला

भरतपुर-चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताउनुभयो ।

उहाँले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिनुभयो । घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा बाघ मृतावस्थामा फेला परेको हो । मृत बाघको आज परीक्षण गरिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button