तपाईँ सुन्दै हुनुहुन्छः

७० हजारसहित कम्प्युटर अपरेटर पक्राउ

सर्लाही । सर्लाहीमा घुस लिदै गरेको अवस्थामा रंगे हात एक जना कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

घरेलु तथा साना उधोग कार्यालय मलंगवाका करार सेवामा कार्यरत कम्प्युटर अपरेटर(नायव्व सुवा सरह) नविन कुमार सिंह कार्यालय मै घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् ।

एक जना सेवा ग्राहीसँग उधोग दर्ता गराउन सहज गरिदिने भन्दै ७० हजार घुस लिदै गरेको समयमा बुधबार दिउँसो सिंह पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।

सेवाग्राहीसँग केही दिन पहिला नै काम सहज गरिदिने भन्दै घुस रकम मागेपछि सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजिरी गरेपछि बुधबार अख्तियारको टोलीले रंगेहात सिंहलाई पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास ल्याउने तयारी भईरहेको र थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडाँै बिहिबार पठाईने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।

घरेलु तथा साना उधोगका प्रमुख जितेन्द्र किशोर गुप्ताले विशेष कर्मचारीको रुपमा पक्राउ परेका कम्प्युटर अपरेटर सिंहलाई भर्ना गरी सिंहकै माध्यमबाट घुस लिने गरेको सेवाग्राहीहरुको गुनासो रहदै आएको थियो केही दिन पहिला एक सेवाग्राहीसँग १८ हजार घुस रकम पक्राउ परेका सिंहले मागेका थिए ।

घरेलु तथा साना उधोग कार्यालय मलंगवामा ईटा उधोग दर्ता तथा अन्य काम गराउन चार लाखसम्म घुस रकम लिने गरेको एक इटा उधोग व्यवसायीले बताए । सर्लाहीमा अधिकांश सरकारी कार्यालयमा घुस नदिदा काम नै नहुने पटक पटक सेवाग्राहीहरुले गुनासो गर्दै आएको छ ।

पछिल्लो समय अख्तियारको टोलीले सर्लाहीमा विशेष निगरानी बढाएपछि सर्लाहीबाट धमाधम घुस रकमसहित कर्मचारीहरु पक्राउ हुने क्रम जारी छ । केही दिन पहिला मात्र ब्रह्म्पुरी गाउपालिका स्थित त्रिभुवननगर प्रहरी चौकीका सई र जवान घुस रकमसहित रंगेहात पक्राउ परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button