तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय सुनसरीमा भेटेको नगद पाँच लाख रकम फिर्ता

सुनसरी । मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत कार्यालय सहयोगी कोपिला दाहालले भेटेको नगद पाँच लाख रकम फिर्ता गरेकी छिन् ।

दाहालले मालपोत कार्यालय सरसफाई गर्दै गर्दा कुचोले बडार्ने क्रममा एक लाखका पाँचवटा गड्डी भेटाएकी थिइन् । कार्यालय सरसफाईको क्रममा भेटेको रकम दाहालले प्रहरीलाई बोलाएर जिम्मा लगाएकी थिइन् ।

प्रहरी नायव नीरिक्षक शिव शर्मालाई बुझाइएको सो रकम जिल्ला प्रहरी कार्यालयमा सम्वन्धित धनीलाई जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार हराएको रकम दावी्सहित कार्यालय पुगेका बराहक्षेत्र नगरपालिका २ का टंकप्रसाद ढकाललाई सो रकम फिर्ता दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button