तपाईँ सुन्दै हुनुहुन्छः

यसरी खडा हुँदैछ ऐतिहासिक धरहरा पुनःनिर्माण (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले  धरहरा पुनःनिर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । आज धरहराको पुनःनिर्माणबारे स्थलगत अवलोकनको क्रममा  ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिनुभएको छ ।सो अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्ममा ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि रु ७५ करोड खर्च भएको जानकारी गराउनुभयो ।

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button