तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धी

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।मंगलबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ६ सयले बढ्दै ७२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १० रुपैयाँले बढ्दै ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button