तपाईँ सुन्दै हुनुहुन्छः

१० विद्यालयमा १० करोडका भुकम्प प्रतिरोधी संरचना निर्माण

डोटी । डोटीका विभिन्न १० वटा विद्यालयमा झण्डै १० करोडको लागतमा भुकम्प प्रतिरोधी संरचनाहरु निर्माण गरिएको छ ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेशलन नेपाल र सामुदायिक विकास केन्द्र (सिडिसि) डोटीको साझेदारिमा रु. ९ करोड ७७ लाख ८९ हजार २ सय ४४ को लागतमा ती भौतिक संरचनाहरु निर्माण गरिएको हो ।

सिडिसिले सन् २०१७ जनवरीदेखि सञ्चालन गरिरहेको ‘समुदाय र विद्यालय विपद पूर्वतयारि तथा उत्थानशिलता परियोजना’ अन्तरगत भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गरिएको परियोजना संयोजक प्रयागराज कापडीले बताउनुभयो ।

जस अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा रहेको दुर्गा आधारभूत विद्यालयमा रु १ करोड ७ लाख ६० हजार ८ सय ६७ को लागतमा ४ वटा भवन, २ वटा छात्रछात्राका लागि शौचालय र एउटा बालमैत्री धारा निर्माण गरिएको छ ।

त्यस्तै दिपायल सिलगढी नगरपालिकाकै वडा नं. २ घाडीमा रहेको सरस्वती आधारभुत विद्यालयमा रु. ६५ लाख ९६ हजार ३ सय ७२ को लागतमा ३ वटा भवन, एउटा शौचालय र एउटा बालमैत्री धारा निर्माण भएको सिडिसि डोटीले जनाएको छ ।
त्यस्तै आदर्श गाउँपालिका ४ देहिमाण्डौमा रहेको दुर्गा आधारभुत विद्यालयमा रु. ९१ लाख १३ हजार ७ सय ८० को लागतमा ४ वटा भवन, २ वटा शौचालय र १ बालमैत्री धारा निर्माण गरेको छ भने आदर्शकै वडा नं. ५ पीडमा रहेको सरस्वती आधारभुत विद्यालयमा रु. ९७ लाख ६८ हजार २ सय २२ को लागतमा ४ वटा भवन, २ वटा शौचालय र १ बालमैत्री धारा निर्माण गरेको छ ।

यस्तै आदर्शकै वडा नं. ५ भाडीसैनमा रहेको भैरव आधारभुत विद्यालयमा १ करोड १९ लाख २० हजार ७ सय २६ को लागतमा ३ वटा भवन २ वटा शौचालय र एउटा बालमैत्री धारा निर्माण भएको छ भने आदर्शकै वडा नं. ३ काँडीमा लक्ष्मी माध्यमिक विद्यालयमा रु. ८७ लाख ३० हजार, १ सय ७० को लागतमा ४ वटा भवन, २ वटा शौचालय र एउटा बालमैत्री धारा निर्माण गरिएको छ ।
यसैगरी सायल गाउँपालिका वडा नं. ६ दल्लेखमा रहेको हिमालय आधारभुत विद्यालयमा रु. १ करोड ४ लाख १४ हजार ४ सय ८४ को लागतमा ४ वटा भवन, २ वटा शौचालय र एउटा बालमैत्री धारा निर्माण भएको छ भने सायलकै वडा नं. ६ अलैतवाडामा रहेको महाकाली माध्यमिक विद्यालयमा रु. १ करोड ३५ लाख ७३ हजार ७ सय ६६ को लागतमा ५ वटा भवन, २ वटा शौचालय र एउटा बालमैत्री धारा निर्माण गरिएको जनाईएको छ ।
त्यस्तै सायलकै वडा नं. २ मा रहेको तामेश्वरी आधारभुत विद्यालयमा रु. ९५ लाख १७ हजार ६ सय ४० को लागतमा ४ वटा भवन, २ वटा शौचालय र एउटा बालमैत्री धारा निर्माण गरिएको छ भने सायलकै वडा नं. ३ कम्छडामा रहेको कालिका आधारभुत विद्यालयमा रु.७३ लाख ६९ हजार ९ सय १७ को लागतमा ३ वटा भवन, एउटा शौचालय र एउटा बालमैत्री धारा निर्माण गरिएको छ ।
निर्माण गरिएका भौतिक संरचना नेपालका लागी जापानका राजदुतावासका द्वितीय सचीव युसिकी सान्दोदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधीहरुले हस्तान्तरण गरेका छन् । जसमध्ये दिपायल सिलगढी ७ मा रहेको दुर्गा आधारभुत विद्यालय र सायल ३ कम्छडामा रहेको कालिका आधारभुत विद्यालयमा निर्माण गरिएका संरचना हस्तान्तरण गर्न बाँकी रहेको जनाईएको छ ।
शिक्षा क्षेत्रमा पहिचान बनाएको सिडिसिले समुदाय र विद्यालय विपद पूर्वतयारि तथा उत्थानशिलता परियोजना अन्तरगत १० वटा विद्यालयमा भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माणसँगै परियोजना क्षेत्रका ३० वटा विद्यालयहरुमा विद्यालयमा आधारित विपद जोखिम न्यूनिकरण योजना निर्माणमा सहयोग, विद्यालय सुधार योजनामा विपद जोखिम न्यूनिकरण योजना समावेश, विद्यालयमा सुरक्षित स्थानको पहिचान, प्राथमिक उपचारको व्यवस्था, समुदाय स्तरमा आम सचेतिकरणका कार्यक्रमहरु संचालन गरिरहेको जनाएको छ ।
विगत ३ वर्ष देखि यस परियोजनाले डोटीको दिपायल सिलगढी नगरपालिकाको वडा नं. २, ३ र ७, आदर्श गाउँपालिका वडा नं. ३, ४ र ५, सायल गाँपालिका वडा नं. २, ३ र ६ मा रहेका आधारभुत विद्यालयमा सुरक्षित र नमुना विद्यालय निमार्णको लागी सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button