तपाईँ सुन्दै हुनुहुन्छः

चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाँउपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

गाँउपालिकाका तत्कालीन सचिव मणिराज पौडेल र खरिदार प्रदीप चौधरी, जिल्ला प्राविधिक कार्यालय बर्दियाका असिस्टेन्ट सव इन्जिनियर लोकबहादुर शाही र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरीले भवन निर्माणमा हुँदै नभएको कार्यसमेत भएको भनि एक लाख ८९ हजार रुपियाँ बराबरको अनियमितता गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै, स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक मनीषकुमार महत्तोविरुद्ध चार लाख ८१ हजार रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

आयोगले महतोसहित स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्मा्िवरुद्ध एक लाख ७८ हजार रुपियाँ बराबरको बिगो माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्यांक अधिकृत मेघनाथ रेग्मीविरुद्ध नक्कली बिल भरपाई पेश गरी एक लाख भन्दा बढी रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपका लागि रु २५ हजार घुस लिएको अभियोगमा शहरी तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोश जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button