तपाईँ सुन्दै हुनुहुन्छः

स्काभेटरमा आगजनी

टीकापुर, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले वडा नं. १ स्थित चेतना सामुदायिक वन नजिकैको रोरा खोलामा राखिएको स्काभेटरमा आगजनी गरिएको छ ।

रोरा खोलामा उत्खननको कार्य गर्दै आएको बा ३ क ३४२१ नम्बरको स्काभेटर माथि सोमबार राती आगजनी गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आगजनीबाट स्कोभेटरको अगाडीको भाग र इन्धनमा क्षती पुगेको प्रहरीले जनाएको छ । देउती निमार्ण सेवाले उक्त रोरा नदीमा केहि दिन देखि दैनिक ढुंगा निकाल्ने र संकलन गर्दै आएको थियो ।

आगजनी गर्नेको पहिचान नभएको र घटनाको बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव प्रहरी निरिक्षक ओम प्रकाश बटालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button