२०७९ साल साउन २५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सङ्गठन नेपालले महोत्तरीमा पायो पूर्णता

रेडियो नेपाल २०७६ पुष ८ गते ७:३६

महोत्तरी । प्रेस सङ्गठन नेपालको महोत्तरी जिल्ला समितिले पूर्णता पाएको छ । पहिलेका प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरणपछि बनेको प्रेस सङ्गठन नेपालको आज महोत्तरीको बर्दिवासमा सम्पन्न संयुक्त भेलाले जिल्ला समायोजनको कामलाई पूर्णता दिएको हो ।

सम्पन्न संयुक्त भेलाले विगतका दुवै सङ्गठन अव जिल्लामा समायोजन भएको घोषणा गर्दै राजकरण महतोलाई संयोजक र विनोद पौडेललाई सहसंयोजकको जिम्मेवारी तोकेको हो । समितिका सदस्यमा आशा तोलङ्गे, यशोदा बस्नेत, धनवीर महतो, ललन मण्डल, रामनारायण महतो, रामबाबु यादव र अमृतकुमार महतोसहित तोकिनुभएको छ ।

प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य एवं प्रदेश–२ का संयोजक हीरालाल चौधरी, उपत्यका प्रदेश समितिका संयोजक नवराज दाहाल र महोत्तरीबाट नै केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सुनिता बरालकोे उपस्थितिमा विगतका दुई सङ्गठनको जिल्ला तहको समायोजन भेला आज सम्पन्न भएको हो ।

महोत्तरीमा जिल्ला समायोजन गरिएसँगै प्रदेश–२ का सबै जिल्लामा सङ्गठन समायोजनको काम सम्पन्न भएको प्रदेश–२ संयोजक हिरालाल चौधरीले जानकारी दिनुभयो । अब प्रदेश समितिलाई पूर्णता दिइने प्रदेश संयोजक चौधरीको भनाइ छ । संयुक्त भेला गोपाल बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित