तपाईँ सुन्दै हुनुहुन्छः

नबिल बैंकले ३५ घण्टामै कर्जा दिने

काठमाडौं । नबिल बैंकले बैकबाट कर्जा लिन चाहने साना तथा मझौला उद्यमीलाई ३५ घण्टामै कर्जा दिने भएको छ ।

नबिल सजिलो एक्स्प्रेस कर्जा’ योजना अन्तर्गत बैंकले कर्जा त्यसतो कर्जा दिने बताएको हो । बैंकले क्रेडिट स्कोरिङ मोडलमार्फत ३५ घण्टामै कर्जा स्वीकृत हुने बताएको छ ।

नेपालमा पहिलोपटक साना तथा मझौला उद्यमीलाई (एसएमई) ३५ घण्टामा कर्जा योजना आएको बैंकले दाबी गरेको छ ।

साना तथा मझौला उद्यमीले अधिकतम १०.५ प्रतिशतमा ७५ लाखसम्मको कर्जा पाउन सक्ने नबिल बैकका बैंकका सीईओ अनिलकेशरी शाहले सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

‘साना तथा मझौला उद्यमीलाई कसरी नेपालमा प्रोत्साहन गर्न सकिन्छ भनेर युकेएड सक्षमको सहयोगमा नबिल सजिलो एक्स्प्रेस कर्जा योजना अघि सारेको शाहले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button