तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित बिशेष समारोह बीच राष्ट्रपति समक्ष प्रधानन्यायाधीश जवराले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो ।

प्रतिवेदन पेस गर्नुहुदैँ प्रधानन्यायाधीश जवराले न्यायालयमा मुद्दाको चाप बढेको र त्यससँगै मुद्धा फच्र्याैटको प्रतिशत पनि बढेको बताउनुभयो ।

प्रधानन्यायाधीश जवराले गत बर्ष कुल मुद्धाको ७१ प्रतिशत बढी मुद्धा फच्र्यौट भएको बताउनुभयो ।  प्रविधिको बिकास सँगै न्ययालय पनि प्रविधि मैत्री बन्दै गएको र आगामी दिनमा अदालतको काम कार्वहीलाई अझ सुदृढ बनाउन पञ्चबर्षिय रणनीतिक योजनाका साथ अदालत अगाडी बढिरहेको पनि प्रधानन्यायाधीश जवराले उल्लेख गर्नुभयो ।

उहाँले अदालतलाई अनुत्पादक क्षेत्रका रुपमा हेर्न नहुने भन्दै अदालतको काम कार्वहीलाई अझ सुदृढ बनाउन सम्बद्ध पक्षहरुको सहयोग हुने बिस्वास व्यक्त गर्नुभयो ।

समारोहमा सर्वोच्च अदालतका न्यायाधीशहरु, महान्यायाधिवक्ता अग्नी खरेल, सर्वोच्च अदालत न्याय परिषद, न्याय सेवा आयोगसहित राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button