तपाईँ सुन्दै हुनुहुन्छः

२७ दिनदेखि बेपत्ता बालिका मृत अवस्थमा फेला

अछाम । अछाममा मंसिर १० गतेदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन् । कमलबजार नगरपालिका वडा नम्बर ७ जामाकी १६ बर्षिया बासु जैसी २७ दिनपछि कमलबजार नगरपालिका वडा ६ को उराईटी बनमा आईतबार साँझ फेला परेकी हुन् ।

स्थानीय महिलाले घाँस काट्ने क्रममा उनलाई फेला पारेकी प्रहरीले जनाएको छ । मृतक बासुको अनुहारको केही भागको मासु नभएको र अरु शरीर अंगभंग नभएको बताईएको छ ।

मृतकले लगाएको अलादानी तथा बरियो अलगअलग ठाउँमा भेटिएको र शरीरमा केही काला डामसमेत रहेका बताईएको छ ।

मृतकको जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरी आफन्तलाई शव बुझाईएको अछामका प्रहरी नायब उपरिक्षक डिएसपी दीपक भारतीले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम रिपोर्ट अनुसार आवश्यक अन्य अनुसन्धान गरिने डिएसपी भारतीले जानकारी दिनुभयो ।

मृतक बासु मंसिर १० गते दिउसो ३ः०० बजे आमाले काटेको घाँस ल्याउन भन्दै उनी करिब डेढ घण्टा टाढा बजेडी चिलिमे वनतिर गएकी थिईन् । आमासंग भेट नभई आमा घर फर्केको तर छोरी नआएपछि सोही दिनदेखि खोजी कार्य थालिएको मृतकका बुवा गंगाराम जैसीले जानकारी दिनुभयो ।

मानसिक अवस्था अलि ठीक नभएकी उनका लागि आफन्तले छिमेकी ढकारी गाउँपालिका तथा मंगलसैन नगरपालिकाका विभिन्न वन क्षेत्रमा समेत खोजी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button