तपाईँ सुन्दै हुनुहुन्छः

मकै बालीमा फौजी किराको आक्रमण

बारा । बारा जिल्लाको बिभिन्न पालिकाहरुमा लगाइएको हिउँदे मकै बालीमा अम्रिकन फौजी किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका, कोल्हवी र निजगढ नगरपालिकामा लगाएको सयौँ बिगहा मकै बालीमा सो किराले आक्रमण थालेका ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

किराले बिरुवादेखि मकैमा घोगा लाग्ने सम्म आक्रमण गर्ने गरेको हुँदा किसानहरुलाई निकै सास्ती भोग्नु परेकोछ ।

कृषकहरुले बिभिन्न जातका हिउँदे मकै गत बर्षको तुलनामा यस बर्ष कुल पाँच हजार सात सय ५५ क्षेत्रफलमा हाईब्रिडका विभिन्न जातका मकै खेती गरेकोमा सो अम्रिकन फौजी किराले आक्रमण गर्नेगरेका छन् ।

अम्रिकन फौजी किरालाई नष्ट गर्नका लागि औषधी पता लगाईरहेको हुँदा चाडँै सोको निवारण हुने ज्ञानकेन्द्रका प्रमुख यादवले भन्नुभयो ।

गत बर्षमा किसानहरुले चार हजार आड सय ३५ हेकटर क्षेत्रफलमा हिउँदै मकै खेती गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button