२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित पक्राउ

रेडियो नेपाल २०७६ पुष ७ गते १०:२३

पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागुऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।

सम्बन्धित