२०७९ साल साउन २५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठकले गरेका महत्वपूर्ण निर्णयहरु

सुरेन्द्रमणि त्रिपाठी २०७६ पुष ६ गते १९:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज सम्पन्न बैठकले अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्बसम्मतले पारित गरेको छ ।

यसैगरी बैठकले महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनको प्रस्तावमा आएका सुझाव समेतलाई ध्यान दिई बिधान संशोधन को प्रस्तावलाई अन्तिम रुप दिई केन्द्रय कमिटीको बैठकमा पेश गर्ने गरी पारित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न बैठकले भारतसंगको सीमा बिबादका सम्बन्धमा कालापनीको उद्गमस्थल लिम्पियाधुरा भएको र लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएकोले भारतले एकतर्फी रुपमा जारी गरेको नक्सा अस्वीकार र अमान्य गर्ने निर्णय गरेको छ ।

बैठकले भारतसंगको सीमा बिबादका सम्बन्धमा देखिएको राष्ट्रिय सहमति र आम जनताको चासो र चिन्तालाई उर्जाको रुपमा ग्रहण गर्दै सबैमा धन्यबाद दिने निर्णय समेत गरेको र यसलाई छिटो समाधान गर्न अपील गर्ने निर्णय बैठकले गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी स्थायी कमिटीको सम्पन्न बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक पुष २३ गते राजधानीमा बोलाउने र त्यस अगावै पार्टी एकीकरणको सम्पूर्ण काम पूरा गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमंत्री एवं नेकपाका अध्यक्ष के पी शर्मा ओलीको स्वास्थय लाभ कामनाको प्रस्तावसमेत पारित गरेको छ ।

साथै बैठकले सडक दुर्घटना बढेकोमा चिन्ता ब्यक्त गर्दै यसलाई न्यूनीकरण गर्ने गरी काम गर्न सरकारलाई अनुरोध गरेको छ ।

तराईमा बढेको चिशो र शीतलहरबाट प्रभाबितकालागि राहतको काम अगाडी बढाउन तीनै तहको सरकारलाई बैठकले अनुरोध पनि गरेको छ ।

बैठकमा समापन मन्तब्य ब्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा भएको छलफल र बहशले पार्टी एकीकरणलाई सुदृढ गर्न,तीनै तहको सरकारलाई प्रभावकारी ढंगले संचालन गर्न र देशलाई सकारात्मक दिशामा अगाडी बढाउन महत्वपूर्ण भमिका खेलेको बताउनुभएको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

७ दिनसम्म चलेको स्थायी कमिटी बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र बिधान संशोधन लगायतका बिषयमा सहमति जनाउंदै संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टी्भित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने,केही कमजोरी सच्याउनुपर्ने लगायतका बिषयमा सुझाव दिैदै धारणा राख्दै आउनुभएको थियो ।

सम्बन्धित