तपाईँ सुन्दै हुनुहुन्छः

‘देशको आर्थिक बिकास र उन्नतिका लागि कानूनको प्रभावकारी कार्यान्वयनमा जोड’

 

फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले देशको आर्थिक बिकास र उन्नतिका लागि कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

अपराध अनुसन्धानकर्ता प्रहरी तथा अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको आज काठमाडाँैमा समापन गर्नुहुँदै गृहमन्त्री थापाले कानूनको प्रभावकारी कार्यान्वयन हुन सके मात्रै राज्यप्रति नागरिकको भरोसा बढ्ने र विकास निर्माणका कामले गतिलिने बताउनुभयो ।

गृहमन्त्री थापाले सूचना प्रविधिको विकास, यातायातको सहजता जस्ता उपलब्धीले अपराधको अनुसन्धान तथा नियन्त्रणमा देखिएका नयाँ चुनौतिहरूको सामना गर्न अनुसन्धानकर्ता तथा अभियोजनकर्तालाई साधन श्रोत सम्पन्न बनाउनुका साथै प्रचलित कानूनी व्यवस्थाहरूबारे पर्याप्त जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्त अग्नीप्रसाद खरेलले कानूनको दृष्टिमा समाजका सबै सदस्यहरू समान हुन् भन्ने मान्यतालाई स्थापित गर्न कानून कार्यान्वयन गर्ने निकायका अधिकारीहरू अनुचित दवाव र प्रभावबाट मुक्त हुनुपर्ने बताउनुभयो ।

शुक्रबारदेखि काठमाडौँमा जारी सम्मेलन ३३ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।

घोषणापत्रमा अपराध अनुसन्धान र अभियोजनका क्रममा नागरिकका मौलिकहकको हनन हुन नदिन विशेष सचेता अपनाउनुपर्ने, विद्युतीय तथा वस्तुगत प्रमाणको संकलन र प्रस्तुतीकरणका लागि प्रचलित प्रमाण ऐनको संशोधन हुनुपर्ने, विधिविज्ञन र मेडिको लिगल क्षेत्रलाई नियमन गर्न छुट्टै कानून निर्माण हुनुपर्ने लगायतका विषयहरू समेटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button