तपाईँ सुन्दै हुनुहुन्छः

हिमालयन शेर्पा र एपीएफ बराबरीमा

काठमाडौं । हिमालयन शेर्पा र नेपाल एपीएफ क्लवले सहिद स्मारक ए डिभिजन लिगमा एक एक गोलको बराबरी खेलेका छन ।

जारी प्रतियोगितामा शेर्पाको लगातार दोस्रो बराबरी हो । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफ सुरुमा नै त्रिदेव गुरुङको गोलबाट शेर्पाले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समय टिकेन ।

५८ औं मिनेटमा एपिएफका प्रविण स्याङ्तानले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
एपिएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपिएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो । शेर्पाले पहिलो खेलमा अर्को विभागिय टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button