तपाईँ सुन्दै हुनुहुन्छः

दलित सशक्तिकरण विधेयकलाई चाँडै प्रदेश सभामा टेबुल गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले दलित सशक्तिकरण विधेयकलाई चाँडै प्रदेश सभामा टेवुल गरिने बताउनु भएको छ ।

आज धनगढीमा आयोजित दलित सशिक्तकरण विधेयक मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा मन्त्री सुवेदीले प्रदेश सभाको हिउँदे अधिवेशनमा उक्त विधेयकलाई टेवुल गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले गाउघरमा छुवाछुत मान्नेले नै बाहिरी समाजमा छुवाछुत र भेदभावको अन्त्य गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै अब समाज परिवर्तनका लागि आफैबाट शुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।

आरडिएनका अध्यक्ष गणेश बिकेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु टेक बहादुर रैका, उमा वादी, दुर्गा बिक, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायलगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button