तपाईँ सुन्दै हुनुहुन्छः

चितवन समाज हङ्गकङ्गद्धारा शारदानगर रेडक्रसलाई एम्बुलेन्स सहयोग

चितवन । हङकङमा बस्ने चितवनबासीको संस्था चितवन समाज हङकङले एम्बुलेन्स सहयोग गरेको छ । शनिबार एक समारोह बीच नेपाल रेडक्रस सोसाइटी शारदानगरलाई चितवन समाज हङकङले एम्बुलेन्स सहयोग गरेको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले एम्बुलेन्स सञ्चालनको लागि उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उहाँले यस सुविधासम्पन्न एम्बुलेन्सले यस क्षेत्रका बासिन्दालाई टेवा पुग्ने बताउनुभयो ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र समाजका अध्यक्ष ओमराज गुरुङले संयुक्त रुपमा नेपाल रेडक्रस सोसाइटी शारदानगरलाई हस्तान्तरण गर्नुभएको थियो ।
समाजका अध्यक्ष ओमराज गुरुङले ६० प्रतिशत चितवन समाज हङकङको र ४० प्रतिशत नेपाल रेडक्रस सोसाइटी शारदानगर उपशाखाको लगानीमा ‘ख’ श्रेणाीको आधुनिक एम्बुलेन्स सहयोग गरेको बताउनुभयो । एम्बुलेन्सको मुल्य १८ लाख रुपैयांँ परेको बताइएको छ । समाजले गरीब तथा विपन्न समुदायलाई निःशुल्क सेवा दिने गरी दाता खोजिने प्रतिबद्धता व्यक्त गरेको छ।

चितवन हङकङ सम्पर्क समाजका अध्यक्ष विष्णु ढकालले नर्ससहितको सेवा सहितको एम्बुलेन्स यो शाखाले पाउंँदा यस क्षेत्रका बासिन्दा लाभान्वित हुने बताउनु भयो । विगत ३ बर्षसम्म यो शाखा एम्बुलेन्स बिहिन रहेको भन्दै ढकालले समाजको पहलमा एम्बुलेन्स ल्याउन सफल भएको बताउनु भयो ।
समाजले यसअघि माडी कल्याणपुरमा पनि एम्बुलेन्स सहयोग गरेको थियो । यस्तो आधुनिक प्रकारको एम्बुलेन्स चितवनमा भित्रिएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button