तपाईँ सुन्दै हुनुहुन्छः

स्थायी कमिटीको बैठकमा भएको छलफलले देशलाई सकारात्मक दिशामा अगाडी बढाउन महत्वपूर्ण भमिका खेल्ने : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधन लगायतका विषयमा सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको आजको बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने लगायतका बिषयमा बोल्न बांकी रहनुभएका महासचिव बिष्णु पौडेलले आफ्नो धारणा राख्नुभएपछि सदस्यहरुले बोल्ने क्रम सकिएको हो ।

त्यस लगत्तै पार्टीको केन्द्रीय कार्यालयमा आजै सचिवालय बैठक बसेको र त्यस बैठकमा स्थायी कमिटीको बैठकमा आएका परिमार्जन गर्नुपर्ने लगायतका बिषयहरुमा छलफलपछि पुन स्थायी कमिटीको बैठक बसेको र बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आएका सुझावहरुका सम्बन्धमा जबाफ दिनुभएको बैठकपछि नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रबक्ता श्रेष्ठले बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा भएको छलफल र बहसले पार्टी एकीकरणलाई सुदृढ गर्न,तीनै तहको सरकारलाई प्रभावकारी ढंगले संचालन गर्न र देशलाई सकारात्मक दिशामा अगाडी बढाउन महत्वपूर्ण भमिका खेल्ने बताउनुभएको जानकारी दिनुभयो ।

यसैगरी बैठकमा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनका बिषयमा महासचिव बिष्णु पौडेलले जवाफ दिनुभएको र अब भोली बस्ने बैठकले राजनीतिक प्रतिवेदन तथो बिधान संशोधन दुबै बिषयमा टुंगो लगाउने पनि प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

हालसम्म भएका बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र बिधान संशोधन लगायतका बिषयमा सहमति जनाउंदै संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने, केही कमजोरी सच्याउनुपर्ने लगायतका बिषयमा सुझाव दिैदै धारणा राख्दै आउनुभएको थियो ।

नेकपा स्थायी कमिटीको अर्को बैठक भोली बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button