तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल चोर्दै गरेको अवस्थामा वीरगन्जबाट चार जना पक्राउ

बीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ प्रतिमा चोकबाट मोटरसाईकल चोर्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बीरगंजको प्रतिमा चोकमा मोटरसाईकल चोर्दै गरेको अवस्थामा मोटरसाईकल चोरीमा प्रयोग गरिने मास्टर सांचो एक थान र प्लक दुई थानसहित बाराको कोल्हवी नगरपालिका ६ सखुवाहा निवासी २३ वर्षिय देवराज चौधरी, वडा नम्बर ५ निवासी मलहनिया निवासी १८ वर्षिय आशा चौधरी, करैयामाई गांउपालिका ५ ठोरियाही निवासी २० वर्षिय राकेश चौधरी र २० वर्षिय दिपक चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटरसाईकल चोरी गर्ने गिरोहलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button