तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिणाममा मरिचसहित ट्रक नियन्त्रणमा

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको मुख्य नाकाबाट राजस्व छलि अवैध रुपमा भारततर्फ लैजान लागेको अवस्थामा गएराति ठूलो परिणाममा रहेको मरिचसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय वीरगंजबाट खटिएको गस्ती टोलीले विशेष सुराकीको आधामार बीरगंजबाट रक्सौल तर्फ गई रहेको ना २ ख ९८०२ नम्बरको ट्रकबाट एक सय २० बोरामा रहेको अन्दाजी तीन हजार किलो ग्राम मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको मरिच थप कारवाहीको लागि वीरगंज भन्सारमा बुझाईएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button