तपाईँ सुन्दै हुनुहुन्छः

हनुमन्ते नदी सरसफाइ अभियान : पाँच टन फोहर सङ्कलन   

मध्यपुरथिमि  – हनुमन्ते नदी सरसफाइ अभियानको ९५औँ हप्ताअन्र्तगत मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरबाट सूर्यविनायक नगरपालिका–२ बालकोट जाने फलामे पुल क्षेत्रमा आज सरसफाइ गरिएको छ ।

सफाइ अभियानअन्तर्गत यस क्षेत्रमा गरिएको हनुमन्ते नदी सफाइमा आज पाँच टन फोहर सङ्कलन भएको छ । मध्यपुरथिमि र सूर्यविनायकको सिमाना भए्र बग्ने हनुमन्ते नदीको यो क्षेत्रमा यसअघि सफाइ गरिए पनि स्थानीयवासीले फेरि फोहर फ्याल्दा उक्त फोहर सङ्कलन भएको हो ।

अभियानमा वीरदल गणका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।     रासस

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button