तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय खेलाडीलाई सम्मान

विराटनगर। भर्खरै सम्पन्न साग खेलमा कास्य पदक विजेता विराटनगरकी राष्ट्रिय खेलाडी प्रेरणा कोइरालालाई शुक्रबार यहाँ सम्मान गरिएको छ । विराटनगर महानगरपालिका–११ वडा कार्यालयबाट गरिएको सो सम्मानमा कास्य पदक विजेता कोइरालालाई रु ११ हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ ।

प्रदेशसभा सदस्य नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले राष्ट्रको गरिमा बढाउन खेलाडीलाई उच्च सम्मान हुनुपर्ने बताउनुभयो । उहाँले विजेता कोइरालालाई रु ५१ हजार नगद प्रदान गर्ने घोषणा गर्नुभयो ।

विराटनगर महानगरपालिकाका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले कास्य पदक विजेताले राष्ट्रिय गौरव बढाउनु भएको बताउनुभयो । सम्मानित खेलाडी कोइरालाले देशवासीको प्रेरणा र हौसलाले आगामी अझ सफलता पाउन मलाई उत्साह मिलेको छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button