तपाईँ सुन्दै हुनुहुन्छः

देशभर पश्चिमी वायूको प्रभाव: हिमपात तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । केही दिनदेखि काठमाडौँ लगायत देशभर पश्चिमी वायूको प्रभाव जारी छ ।आज (शनिबार) पनि पश्चिमी वायूको प्रभाव पर्ने हुँदा देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ५ गते (शनिवार)

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडि भु-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ६ गते (आइतवार)

दिउँसो: : देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राती: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पौष ७ गते (सोमवार)

दिउँसो: : देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राती: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशको उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात/वर्षा हुने संभावना देखिएको र तापक्रममा गिरावट आइ चिसो बद्ने हुनाले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button