तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्री भट्टराईबाट विमानस्थलको आकस्मिक अनुगमन

काडमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रवार साँझ विमानस्थल पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल जानुभएको थियो । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गर्नुभएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले विमानस्थल लगायत पर्यटनसँग सम्बद्ध निकाय र स्थानहरुको अनुगमनलाई तीव्र बनाएका छन्। पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button