तपाईँ सुन्दै हुनुहुन्छः

प्याराग्लाईडिङको सफल परिक्षण

बैतडी । बैतडीको पाटन र दोगडाकेदारमा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । बैतडी एमेजिङ एड्भेन्चर प्रा.लि.ले पाटनको जोलाबाँज देखि एयरपोर्ट सम्म र दोगडाकेदारको सिल्लेगाडा देखि खोला सम्म सफल पक्षिण गरिएको हो ।

बैतडीमा परिक्षण सफल भएकाले अबको दुई हप्ता भित्रै व्यवसायीक रुपले प्याराग्लाईडिङ सञ्चालन गरिने प्रालिका सस्ंथापक कृष्णप्रशाद जोसीले बताउनुभयो । पर्यटन बर्ष २०२० लाख लक्षित गर्दै प्याराग्लाईडिङ सञ्चालन गरिन लागेको उहाँले बताउनुभयो ।

अबको १५ दिनमै सुरुमा बैतडीको पाटन र त्यसपछि अन्य ठाउँहरुमा समेत टिकेट काटेर प्याराग्लाईडिङका माध्यमबाट उड्न पाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button