तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसंघद्धारा निलो आकाशका लागि सफा हावा दिवस घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई निलो आकाशका लागि सफा दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।

राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरुले जनाएका छन् । दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागु हुने जनाइएको छ ।

स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्वपूर्ण भएकाले त्यस बारेमा आम नागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरुले जनाएका छन् ।

वायु प्रदुषणले विश्वभरीका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्व अत्यन्त धेरै रहेको विज्ञहरुको भनाई छ ।

वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापी रुपमा अध्ययन, अनुसन्धान, जनचेतनामुलक अभियान चलाउनु पर्नेमा समेत सरोकारवालाहरुले जोड दिदै आएका छन् ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button