तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा पहिचान दिनुपर्नेमा जोड

काठमाडौँ । यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले अन्तराष्ट्रिय खेलमा स्वर्ण पदक बिजेता खेलाडीलाई आजीवन मासिक भत्ता दिने व्यवस्थाले खेलाडीको मनोबल बढेको बताउनुभएको छ ।

समितिको आज सिंहदरवारमा बसेको प्रतिनिभिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा खेलकुद विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५ माथि दफावार छलफलमा मन्त्री विश्वकर्माले अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा पहिचान दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले खेलकुदमा आम मानिसको चासो बढ्दै गएकाले नेपाली खेलाडी र खेल क्षेत्रलाई समृद्ध बनाउने गरी विधेय संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button