तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज दिउँसो बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज दिउसो १ बजे बस्दैछ ।

नेपाली काँग्रेसको आगामी केन्द्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक, पार्टीको विभागहरुको संख्या बृद्धि र भातृ तथा शुभेच्छुक संस्थाहरुको तदर्थ समिति गठन वारेमा विवाद देखिएपछि यसअघि ३ पटक स्थगित काँग्रेस बैठक आज पार्टी मुख्यालयमा बस्न लागेको हो ।

नेपाली काँग्रेस केन्द्रिय सदस्य एन पी साउदले रेडियो नेपालसँगको कुराकानीमा विवाद समाधानका लागि पार्टीभित्र छलफल जारी रहेको जानकारी दिनुहुदँै धेरै विषयमा सहमति नजिक पुगेपनि नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन प्रक्रियामा सहमति हुन बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button