तपाईँ सुन्दै हुनुहुन्छः

‘सीमा समस्या समाधानका विषयमा भइरहेको कुटनैतिक पहलका बारेमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने’

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले कालापानी, लिपुलेक र लिम्पीयाधुरालगायतका सीमा समस्या समाधानका विषयमा भइरहेको कुटनैतिक पहलका विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेको छ ।

काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संविधानको भावना र मर्म विपरित सरकारले सदनमा विधेयकहरु प्रस्तुत गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।साथै बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (MCC) लाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराइएको नेपाली काँग्रेस संसदीय दलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

संसदीय दलको बैठकले विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञीक स्वतन्त्रता माथि हस्तक्षेप गरेको भन्दै विश्वविद्यालयको प्राज्ञीक स्वायत्तता माथि हस्तक्षेप नगर्न सरकारसँग जोडदार माग समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button