तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको बिकट पहाडी गाउँ सैपामका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग


चितवन । चितवनको बिकट पहाडी गाउँ सैपामका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ ।

कालिका नगरपालिकाको ११ नंं वडामा पर्ने सैपामस्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलबार न्यानो कपडा र स्टेशनरी वितरण गरिएको हो ।

एमएडव्लु फाउण्डेशन र खैरहनी ८ पर्सास्थित कालिका मोटरसाईकल पार्टसले सैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई सहयोग वितरण गरेको हो ।

बढ्दो जाडोका कारण यो ठाउँका विद्यार्थी न्यानो कपडाबाट बञ्चित थिए । सो विद्यालय र त्यहाँका विद्यार्थीको समस्या थाहा पाएपछि कालिका मोटरसाईकल पार्टस र एमएडव्लु फाउण्डेशनले विद्यार्थीका लागि एक थान स्वीटर, एक थान टाउजर तथा कापी, कलम वितरण गरेको हो ।

कालिका ११ का वडाध्यक्ष दामाराम प्रजाको प्रमुख आतिथ्यतामा तथा कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सो सहयोग वितरण गरिएको थियो ।

सैपाम भौगोलिक हिसाबमा बिकट् त्यहाँ अहिले सम्म बिजुली पुग्न सकेको छैन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत खैरहनी नगरपालिका ९ सिमलटाँडीबाट करिव ९ किलोमिटरको दुरीमा सैपाम पर्दछ । सहयोग वितरणका लागि चितवन अटोमोवाईल्स डिलर्स एसोसियसनका अध्यक्ष इश्वर श्रेष्ठ, खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, समाजसेवी मुरली प्रसाद गजुरेल, कालिका मोटरसाईकल पार्टस टाँडी शाखा प्रमुख रामचन्द्र कोईराला,उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाका सचिव नारायण महतो सहित पत्रकारको टोली सैमाप पुगेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाले भौतिक संरचना अभावका कारण दुई वटा कक्षालाई एउटै कोठामा राखेर पठनपाठन गराउँदा समस्या परेको बताउनुभयो ।

सोही अवसरमा चितवन अटो मोवाईल्स डिलर एसोसियसनका अध्यक्ष इश्वर श्रेष्ठ र कालिका मोटरसाईकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले सैपाम विद्यालयको शैक्षिक गुणस्तर वृिद्धका लागि पाँच पाँच हजार रुपैया विद्यालयका प्रधानाध्यापक नविन गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button