तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा प्रस्तुत

सरकराले मुलुकको आर्थिक विकासलाई डिजिटल माध्यमबाट कार्यान्वयन गर्ने महत्वपूर्ण औजारको रुपमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ अघि सारेको छ ।

डिजिटल नेपाल फ्रेमवर्कका बारेमा सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई जानकारी गराउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी गोष्ठीमा मन्त्री बाँस्कोटाले आयोजनाको सफल कार्यान्वयनका लागि हाल रहेका पूर्वाधारहरुले आधा पनि धान्न नसक्ने भएकोले पूर्वाधारमा व्यापक लगानी आवश्यक भएको बताउनु भयो ।

मन्त्री बाँस्कोटाले योजनाको कार्यान्वयन गर्दा आर्थिक रुपले आम जनताको पहूचमा पुग्ने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले मुलुकले अघि सारेको सम्वृद्ध नेपाल सुखि नेपालीको लक्ष्य पुरा गर्न पनि डिजिटल नेपाल फ्रेमवर्क महत्वपूर्ण औजार बन्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button