तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर टाइटन्सद्वारा पोखरा पल्टन पराजित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हराएको छ । जारी प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले शुरुआत भने राम्रो गरेको थियो । तर मिडिल अर्डरका ब्याट्सम्यानहरु चल्न नसक्दा इनिङ्स धरमराएको थियो ।

विराटनगरले १ सय ४५ रनको लक्ष पाएको पोखरा पल्टन १९ ओभर पाँच बलमा एक सय रनमा अलआउट भयो ।

अर्कोे खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाडौंले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा समेटिन पुग्यो ।

घरेलु क्रिकेटमा शतक बनाउने ज्ञानेन्द्र दोस्रो नेपाली खेलाडी बनेका छन । यसअघि आसिफ शेखले इपीएलमा सतक बनाएका थिए । यस्तै पोखरा प्रिमियर लिगमा शतक बनाउने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button