तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका झन्डै पाँच हजार घरधुरीमा बालविवाह न्युनिकरण सम्बन्धी स्टिकर

सल्यान । सल्यानमा बालविवाह न्युनिकरण सम्बन्धी अभियान सञ्चालन गरिएको छ । सामाजिक कुसस्ंकारको रुपमा रहेको बालबिवाहले विकराल रुप लिएपछि सल्यानमा अभियाननै सञ्चालन गरिएको हो ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न गाउँपालिका भित्रका सम्पूर्ण घरमा स्टिकर टाँस गरेको छ । गाउँपालिका भित्रका चार हजार छ सय ३० घरधुरी बालविवाह न्युनिकरण सम्बन्धी स्टिकर टाँसिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।

बालिका र महिलाको सवालमा बालविवाहले एउटै अधिकारको उल्ंलघन नगरी उनीहरुको जीवनचक्रमा थुप्र अधिकारको उल्लंघन गरी थप हिंसामा पर्ने अवस्था आएको केसीको भनाई छ ।

बालबिवाहले मातृ स्वास्थ्य तथा उनीहरुको स्वास्थ्यमा असर गरेकै कारण गाउँपालिका भित्रका प्रत्येक घर घरमा पुगी बालविवाह सम्बन्धी स्टिकर टाँससहितको अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष सीता केसीले बताउनुभयो । बालविवाहले घरेलु हिंसा बढाउन उत्तिकै भूमिका खेलेको उहाँको भनाई छ ।

सल्यान जिल्लामा झन्डै ६२ प्रतिशत बालबिवाह रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button