तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक : सरकारको भूमिका अझ जनमुखी बनाउनुपर्नेमा जोड

फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा पनि अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधन लगायतका विषयमा छलफल जारी रह्यो ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको आजको बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने लगायतका बिषयमा १२ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो बिचार राख्नुभएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधनलगायतका बिषयमा सदस्यहरुले सहमति जनाउंदै संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभत्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्नेलगायतका बिषयमा केही सुझाव दिनुभएको बताउनुभयो ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरु मातृका यादव, बर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, गोकर्ण बिष्ट, टोपबहादुर रायमाझी, रघु पन्त, सत्यनारायण मण्डल, पुष्प कंडेल र पृथ्बी सुब्बा गुरुङले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रस्तावहरूमाथि भोली पनि छलफल हुने र नेकपा स्थायी कमिटी बैठक भोली बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button