तपाईँ सुन्दै हुनुहुन्छः

सरकाले लोकसेवा आयोगलाई सक्षम, पारदर्शी र सम्मानित संस्थाको रुपमा हेर्न चाहेको छ : मन्त्री ढकाल

फाइल तस्बिर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लोक सेवा आयोगको भूमिकालाई संकुचित बनाउने सरकारको कुनै प्रकारको नियत नरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा लोक सेवा आयोग सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भइरहेको दफाबार छलफलमा मन्त्री ढकालले लोकसेवा आयोगलाई सक्षम, पारदर्शी र सम्मानित संस्थाकै रुपमा हेर्न चाहेको स्पष्ट पार्नुभयो ।

विधेयकमाथिको दफाबार छलफलका क्रममा सांसदहरुले पदपूर्तिको माग र पदसंख्या निर्धारण समानुपातिक, समावेशी सिद्धान्तका आधारमा गर्ने, आयोगको परिक्षाका लागि लिएको कुनै पनि परीक्षामा परेको दरखास्तमा तोकिएको ढाँचा र रीत नपुगे आयोगले अन्तिम नतिजा प्रकाशन गर्नु अघिसम्म अस्वीकृत गर्न सकिने विषयमा सहमति जुटाएको छ ।

समितिले विधेयकमा राखिएको सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा वा संगठित संस्थाका पदपूर्तिका लागि आयोगले लिने लिखित परीक्षामा उम्मेद्वार संख्याका आधारमा आयोगले पूर्व योग्यता परीक्षा लिने विषय स्वीकार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button