तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, जनकपुरमा कम्बल वितरण

फाइल तस्बिर

जनकपुरधाम । हिजोदेखि बढेको जाढोका कारणले प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित प्रदेश नंं २ का अन्य जिल्लाहरुको जनजीवन आज पनि प्रभावित बनेको छ ।

पश्चिमी हावासँगै चिसो हावा चलेका कारणले हिजोदेखि अत्याधिक मात्रामा चिसो बढेको छ । चिसो बढेका कारणले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरी जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

हिजो दिउँसोदेखि घाम नलागेका कारणले वृद्ध, वृद्धा तथा बालबालिकाहरु प्रभावित बनेका छन् । चिसोका कारणले रुखा खोकी तथा हाडजोर्नी र दम्मका रोगीहरुलाई विभिन्न प्रकारको शारिरीक समस्याहरु बढ्न थालेको छ ।

आज बिहानदेखि नै घाम नलागेपछि बिहानको समयमा बिद्यालय जानेहरु साना विद्यार्थीहरु प्रभावित बनेका छन् ।

यसै बीच जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाई तथा क्लोथ वैंक जनकपुरले जनकपुरधामको विभिन्न ठाउँमा रहेका गरिव तथा मगन्तेहरुलाई ३६ थान कम्बल गए राति वितरण गर्ने कामकाज भएको क्लोथ बंैकका अध्यक्ष राजिव झाले जानकारी दिनु भएको छ ।

यसैगरी नेपाल रेडक्रस धनुषा शाखाले जनकपुरधामको मुखियापट्टी मुसरनीय गाउँपालिकाको तीन वटा वडामा बिपत पूर्व तयारी तथा प्रतिकार्यका लागि सामाग्रीहरु आज हस्तान्तरण गरिएको छ ।

उक्त सामाग्रीहरु बिपत आएको बेला प्रयोग गर्न मिल्ने भएको छ । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले ती सामाग्रीहरु प्रदान गर्दै चिसोबाट जोगिने उपायहरुको बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाईटी धनुषाका शाखाका सभापति नरेश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button