तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न र भूमिहीन विद्यार्थीलाई लक्षित गर्दै जाडोमा न्यानो कपडा

चितवन । चितवनको लागि सिप्रदी कम्पनीको आधिकारिक बिक्रेता भरतपुरको सफल मोटर्स प्रालिले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

स्वस्तिक नेपालको समन्वयमा मोर्टसले भरतपुर वडा नम्बर ११ मा रहेको नवजागृति आधारभूत विद्यालयका ६० जना विपन्न र भूमीहिन विद्यार्थीलाई ट्रयाक–सुट वितरण गरेको हो ।

वितरण कार्यक्रममा बोल्दै सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराइले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो । ‘हाम्रो संस्थाले बिशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ , भट्टराइले भन्नुभयो, सोही अनुरुप विद्यार्थीले न्यानो कपडाको अभावमा पढाई नछुटोस भन्ने हेतुले न्यानो कपडा वितरण गरेका हौं ।’ विपन्न, भूमिहीन विद्यार्थीलाई लक्षित गरी शहर नजिकैको बिद्यालयमा सहयोग गरिएको उहांँको भनाई छ । सफल मोटर्सले प्रत्येक गाडीको बिक्रीबाट केही रकम छुट्टाएर विपन्न, सिमान्तकृत, पिछडिएका समुदायको विकासमा सहयोग गर्दै आएको उहांँले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै स्वस्तिक नेपालका सदस्य अर्जुन अधिकारीले २०६३ सालदेखि सञ्चालनमा आएको संस्थाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने, नेतृत्व विकास तथा तालिम सञ्चालन गर्दै आएको बताउंँदै सफल मोटर्सको सहयोगमा यहांँका विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो । ‘जाडोमा गरिएको यस सहयोगले विद्यार्थीमा हौसला, उर्जा प्रदान हुने अपेक्षा छ ।’ अधिकारीले भन्नुभयो । भविष्यमा पनि यस्ता विद्यालयलाई आवश्यक अन्य सहयोगलाई निरन्तरता दिइने उहांँले बताउनुभयो ।

बिद्यालयकी प्रधानाध्यापक तारा अधिकारीले जाडोमा विद्यार्थीले न्यानो कपडा सहयोग पाएको भन्दै संस्थाको सहयोगको प्रशंसा गर्नुभयो । प्रमुख अतिथि स्वस्तिक नेपालका संसथापक अध्यक्ष हिरामान महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानवहादुर गुरुङ रहनु भएको कार्यक्रमको सभापतित्व भरत मल्लले गर्नुभएको थियो ।

विद्यालयमा विपन्न, भूमिहीन दलित समुदायका विद्यार्थीको बाहुल्यता रहेको छ । कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा छात्रा ३२ जना र छात्र २८ गरी ६० जना विद्यार्थी अध्ययनरत छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button