शीतलहरका कारण बाँकेको जनजीवन प्रभवित

नेपालगञ्ज । बाँकेमा दुई दिनदेखि चलेको शीतलहरका कारण जनजीवन प्रभवित भएको छ । शुक्रबार परेको अविरल बर्षापछि अत्याधिक चिसो बढेकोमा सोमबार रातिदेखि शीतलहर पनि चल्न शुरु भएपछि जनजीवन झनै प्रभावित भएको हो ।
चिसो हावासँगै निरन्तर शीतलहर चलेपछि नेपालगञ्ज, कोहलपुर, खजुरा लगायतका बजारमा चहलपहल पातलिएको छ ।
जेष्ठ नागरिक, बालबालिका र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु चिसोले बढी प्रभावित भएका छन् । चिसोका कारण जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाब दिएका छन् ।
तातो झोलिलो खानेकुरा खान, आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, आगो तापेर बस्न चिकित्सकहरुको सुझाव छ ।
प्रतिक्रिया राख्नुहोस्