तपाईँ सुन्दै हुनुहुन्छः

‘हाफ द नाइट इज गन’ लाई पच्चीस लाखको पुरस्कार

पोखरा । मिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर (डिएससी) पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा रु २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको ९९ नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन ¥याण्डमरहाउस, अमेरिका, माधुरी विजयको द फार फिल्ड ९ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका०, मनोरञ्जन व्यापारीको देयर इज गनपाउडर इन द एयर ९बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत०, राजकमल झाको द सिटी एण्ड द सी ९ह्यामिशह्यामिल्टन, पेन्गुइन ¥याण्डमहाउस, भारत० र सदिया अब्बासको द एम्प्टी रुम ९जुबान पब्लिसर्स, भारत० थिए ।

गत वर्षहरुमा यो पुरस्कार श्रीलङ्का, बङ्गलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलोपटक घोषणा गरी वितरण गरिएको हो । डिएससी पुरस्कारले दक्षिण एशियाली जनजीवनका विविधपत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

निर्णायकमण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एशियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एशियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार रहेको बताउनुभयो । पच्चीस हजार डलर पुरस्कार राशि भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले २०१० मा स्थापना गर्नुभएको थियो ।

यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलङ्काका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले सो पुरस्कार प्राप्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button