तपाईँ सुन्दै हुनुहुन्छः

शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु

अत्तरिया,कैलाली । शौचालयमा लडेर धनगढीमा एक जनाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका – ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो तर, केही बेरमै उनको ज्यान गयो ।

चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले शौचालयमा लडेका कारण ज्यान गएको बताउनु भएको छ।बाहिर चोट नदेखिएपनि भित्री चोट रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button