२०७९ साल साउन २५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा वृद्धी

रेडियो नेपाल २०७६ पुष १ गते ११:४०

काठमाडौँ । आज मंगलबार सुनको भाउ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला २ सयले बढ्दै ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले बढेको छ । आज प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित