तपाईँ सुन्दै हुनुहुन्छः

युरोपियन च्याम्पियन्स लिग प्रि-क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक

news

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अर्थात प्रि–क्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ ।

हिजो(सोमबार) निकालिएको ‘ड्र’ अनुसार युरोपको सर्वाधिक सफल टोली रियाल मड्रिडले इङ्गलिस क्लब म्यान्चेष्टर सिटीको सामना गर्नेछ ।

यसैगरी साविक विजेता लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्दा चेल्सीको भिडन्त जर्मन च्याम्पियन बायर्न म्युनिखसँग हुनेछ ।

अन्तिम १६ का अन्य खेलहरुमा स्पेनको बार्सीलोना र इटालीको नापोली, जर्मनीको बोरुसिया डर्टमण्ड र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी), ईटालीको एटलान्टा र स्पेनको भ्यालेन्सिया तथा फ्रान्सको लियों र इटालीको युभेन्टस भिड्नेछन् ।

गत सिजनको उपविजेता टोटनह्याम हट्सपरले जर्मन क्लब आर.बी लेप्जीगलाई प्रतिद्वन्द्वी पाएको छ ।

च्याम्पियन्स लिग फुटबलको प्रि क्वाटरफाईनल खेलहरु यही फेब्रुअरी १८ देखि हुँदैछन् । फाइनल खेल आगामी मे ३० तारिखको दिन टर्कीको इस्तानबुलमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button