तपाईँ सुन्दै हुनुहुन्छः

आज प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको सपथ हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैहुनुहुन्छ । उहाँलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज ( मंगलवार ) दिउँसो १ बजे शपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ ।

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराउनुभएको थियो । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत प्राप्त गर्नुभएको थियो ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button