तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गीक उत्तरदायी जोखिम व्यवस्थापन कार्यक्रम


दोलखा ।सदरमुकाम चरिकोटमा लैङ्गीक उत्तरदायी जोखिम व्यवस्थापन सम्बन्धि पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मिडिया एक्सन ग्रुप, महिला मैत्री बिपद व्यवस्थापन समुह ९डब्लुएफडिएम०, आईओएम युएन माईग्रेसन र युएन वोमनको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको सहकार्यमा भएको अन्र्तक्रियामा जागरण नेपालको मनिसा सुवेदीले लैङ्गीक उत्तरदायी जोखिम व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने पत्रकार चिरञ्जीवी मास्केले विपद् जोखिम न्युनिकरण र व्यवस्थापनमा मिडिया विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जागरण नेपालको लिला शर्मा, आईओएमको कविता पन्त, पत्रकार रक्षा ढकाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नेपाल प्रेस युनिय बागमती विशेष क्षेत्र संयोजक रमेश खतिवडा, देवी शिवाकोटी लगायतले आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न राष्ट्रिय दैनिक, अनलाईन, टेलिभिजन र स्थानिय पत्रिकाहरुमा कार्यरत क्रियाशिल २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button