तपाईँ सुन्दै हुनुहुन्छः

३० प्रतिशत लाभांश दिने ल्युव आयलको प्रस्ताव

काठमाडौं । नेपालको इन्जिन आयल बनाउने नेपाल ल्युव आयल लिमिटेडले आपना शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको आइतबार साँझ बसेको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको लाभांश साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले अन्य प्रस्तावसहित लाभांश पारित गर्न पुस २३ मा साधारणसभा डाकेको छ । कम्पनीको दोस्रो बजारमा भने कारोबार नगन्य छ । कम्पनीको वर्षभरिमा ९३ कित्ता शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कमा देखिन्छ ।

प्रति कित्ता मूल्य दुई सय १४ रुपैयाँ रहेको छ । कम्पनीका दोस्रो बजारमा दुई लाख ६९ हजार १९५ कित्ता शेयरहहरु सूचिकृत छन । गत वर्ष कम्पनीले ४० प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button