तपाईँ सुन्दै हुनुहुन्छः

एक दर्जनभन्दा बढी खानेपानीका टयांकी प्रयोगमा नआउँदा अलपत्र

बीरगंज । जनप्रतिनिधिको लापरवाहीको कारण पर्सा जिल्लाको एक दर्जनभन्दा बढी स्थानमा करोडौंको लागतमा शुद्ध खानेपानीका लागि टयांकी निर्माण भए पनि सञ्चालनमा आउन नसक्दा योजना नै अलपत्र परेको छ ।

खानेपानी योजनालाई सञ्चालन गर्न स्थानिय तहतले पहल गर्नु पर्नेमा उल्टै गाउँ तथा नगरपालिकाले खानेपानीका लागि चाँपाकल वितरण गरेर करोडांैको योजना विफल बनाएका छन् ।

पर्साको छिपहरमाई गाउपालिकाको भिस्वामा, कालिकामाई गाउपालिकाको प्रशुरामपुर कटीबलुवामा, बिन्दवासिनी गाउपालिकाको झौवागुठीमा, बहुदरमाई नगरपालिकाको बैरियाबिर्तामा, जीराभवानी गाउपालिकाको सेढवामा, ठोरी गाउपालिकाको सुवर्णपुरमा, पटेवार्वासुगौली गाउपालिकाको रंगपुरगादीमा पोखरीया नगरपालिकाको पोखरीया बजार लगायत दर्जन भन्दा बढी स्थानमा खोनेपानी टयांकी निमार्ण कार्य सम्पन भए पनि जनप्रतिनिधीहरुले आ–आफनो गाउँ तथा नगरपालिका एवं वडा वडाहरुमा कलधारा खरिद गरी घरमा बाड्दा करोडौको सरकारी खानेपानी योजना अलपत्र बनेको छ ।

करोडौं रुपैयाखर्च गरी निमार्ण भएका खानेपानी टयांकीबाट शुद्ध खानेपानी बितरण गरी घरघरमा धारा पुर्याउनु पर्नेमा चाँपाकल वितरण गरी स्थानिय जनप्रतिनिधिले राज्य कोषको दुरुपयोग गरेर विकासको बजेट सिध्याउन खोजेको आरोप स्थानिय बासिन्दाले लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button