तपाईँ सुन्दै हुनुहुन्छः

सिलौटा बनाउने पुख्यौली पेशा संकटमा

सल्यान । पुस्तौंदेखि ढुङ्गालाई कुडेर सिलौटा बनाउने काम गर्दै आएका सिद्ध कुमाख गाउँपालिका ३ फलाटेका स्थानीयको पेशा संकटमा पर्न थालेको छ ।

जीवन गुजाराका लागि अंगाल्दै आएको सिलौटा व्यवसाय महंगी आधुनिकताका कारण संकटमा परेको हो । सिलौटोमा मसला पिध्ँने प्रचलन हराउदै जानुले व्यवसाय संकटमा परेको स्थानीय पुने रउलेले बताए ।

आफनो व्यवसाय संकटमा पर्न थालेका कारण सिलौटा बनाउने पेशा अंगाल्ने कि छोड्ने विषय पुगेम्म पुगेको गोपाल रेउलेले बताए ।

मुस्किलले हप्तामा २ /४ वटा सिलौटा मात्र विक्री हुने गरेको उनको भनाई छ । उनले भने तीन सयदेखि एक हजारसम्म प्रतिगोटा विक्ने सिलौटाबाट परिवारलाई दुई छाक टार्नसमेत मुस्किल छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button